नियम २६
निरीक्षण रजिष्टर
  मिसिल कागजपत्र निरीक्षण गर्न दर्ता किताबमा निरीक्षण गर्न दिने कर्मचारीले देहायको कुरा खुलाई भर्नु पर्छः–
(क) निरीक्षण गर्ने व्यक्तिको नाम, थर, वतन,
(ख) निरीक्षण गरेको मिसिल कागजको विवरण,
(ग) निरीक्षण गरेको समय,
(घ) बुझाएको दस्तुर ।