दफा २०
निरीक्षण वा जा“चबुझ गराउनु पर्ने
(१) विभागले इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकको कारोबारको नियमित रूपमा निरीक्षण वा जाँचबुझ गराउनु पर्नेछ ।
(२) कुनै इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले उपभोक्तालाई हानि, नोक्सानी हुने वा उपभोक्ताको हक हितमा प्रतिकूल असर पर्ने गरी कुनै अनुचित व्यापारिक क्रियाकलाप गरी एकाधिकार कायम गर्ने, उपभोग्य वस्तुको मूल्य वा आपूर्ति व्यवस्थालाई प्रभावित पार्ने वा गुणस्तरहीन उपभोग्य वस्तुको उत्पादन वा बिक्री वितरण गरेको कारणबाट आफूलाई कुनै हानि, नोक्सानी भएको वा कुनै क्षति पुगेको भनी तोकिएको ढाँचामा विभागमा उजुरी दिएमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत
काम कारबाही भइरहेको वा हुन सक्ने मनासिब कारण भएमा विभागले जुनसुकै बखत निरीक्षण वा जा“चबुझ गर्न वा गराउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम निरीक्षण वा जाँचबुझ गर्दा उजुरीको व्यहोरा मनासिब देखिएमा वा कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत काम कारबाही गरेको पाइएमा त्यस्तो इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई विभागले प्रचलित कानून बमोजिम आफै कारबाही गर्न वा कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।