नियम ३८
निर्णय प्रक्रियामा भाग लिन नहुने
(१) प्राधिकरणको निर्णयको लागि पेश हुने कुनै
कार्यसूचीको सम्बन्धमा समितिका कुनै सदस्यको निजी सरोकार वा स्वार्थ रहेको भएमा
त्यस्तो कार्यसूचीको सम्बन्धमा हुने निर्णय प्रक्रियामा निजले भाग लिन हुँदैन ।
(२) उपनियम (१) विपरीत कुनै निर्णय भएको देखिएमा त्यस्तो निर्णय स्वतः
बदर हुनेछ र यस्तो निर्णय प्रकृयामा भाग लिने सदस्यलाई प्रचलित कानून बमोजिम
कारबााही हुनेछ ।