दफा १८
निर्णय सुनाउने
(१) न्यायाधिकरणले गरेको निर्णय उपस्थित पक्ष वा निजहरुको वारेसलाई सुनाई निजहरुबाट निर्णय सुनी पाएको भरपाई गराउनु पर्नेछ । (२) निर्णय गर्दाका बखत सम्बन्धित पक्ष वा निजको वारेस अनुपस्थित रहेको भए निर्णय भएको सात दिनभित्र निजहरुलाई निर्णयको जानकारी पठाई दिनु पर्नेछ ।