नियम ६
निर्देशक समितिको काम, कर्तव्य र अधिकार
: निर्देशक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) निर्वाचन क्षेत्र अन्तर्गत रहेका स्थानीय तहको वार्षिक विकास कार्यक्रम सङ्कलन तथा विश्लेषण गर्ने,
(ख) कार्यक्रम अन्तर्गत सञ्चालन हुने आयोजना छनौटको मापदण्ड तयार गर्ने,
(ग) नियम १० बमोजिम छनौट भएका आयोजनाको स्वीकृति दिने,
(घ) खण्ड (ग) बमोजिम स्वीकृत भएका आयोजना कार्यान्वयनको लागि मन्त्रालय र सम्बन्धित स्थानीय तहमा लेखी पठाउने,
(ङ) कार्यक्रम अन्तर्गत कार्यान्वयन हुने आयोजनाको अनुगमन गर्ने,
(च) कार्यक्रम परामर्श समितिको सल्लाह सुझाव बमोजिम कार्यक्रम कार्यान्वयन सम्बन्धमा अन्य आवश्यक काम गर्ने, गराउने ।