दफा १७
निर्देशक समिति
(१) नागरिकको रोजगारीको हकको संरक्षण सम्बन्धी काम कारबाहीको सञ्चालन, रेखदेख तथा निर्देशन गर्न देहाय बमोजिमको एक निर्देशक समिति रहनेछ:- (क) मन्त्री/राज्य मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय - अध्यक्ष (ख) सदस्य, राष्ट्रिय योजना आयोग (सम्बन्धित विषय हेर्ने) - सदस्य (ग) सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय- सदस्य (घ) सचिव, अर्थ मन्त्रालय -सदस्य (ङ) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सम्बन्धित विषय हेर्ने) -सदस्य (च) सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय - सदस्य (छ) सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय -सदस्य (ज) सहसचिव, मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने) - सदस्य-सचिव (२) प्रदेश र स्थानीय तहमा तोकिए बमोजिम निर्देशक समिति रहनेछन्। (३) उपदफा (१) बमोजिमको समितिको सचिवालय मन्त्रालयमा रहनेछ।