दफा ५८
निर्देशिका बनाई लागू गर्ने
: (१) विभागले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धमा आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको निर्देशिका मन्त्रालयबाट स्वीकृत भएपछि लागू हुनेछ ।