दफा
निर्देशिका, कार्यविधि, मापदण्ड वा मार्गदर्शन बनाउन सक्नेः
(१) यस ऐनको कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक निर्देशिका, कार्यविधि, मापदण्ड वा मार्गदर्शन बनाउन सक्नेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई रकम विनियोजन भएका कार्यक्रमको कार्यान्वयनको लागि आवश्यक पर्ने देखिएमा नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिई नेपाल सरकारको सम्बन्धित मन्त्रालयले कार्यविधि बनाउन सक्नेछ। त्यस्तो कार्यविधि स्वीकृत भएको सात दिनभित्र सम्बन्धित मन्त्रालयको वेबसाइटमा राख्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिमको निर्देशिका, कार्यविधि तथा मापदण्ड नेपाल

राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।