नियम ४२
निर्धारित समयमा क्षतिपूर्ति रकम बुझाउनु पर्ने
(१) नियम ४१ को उपनियम (६) बमोजिमको जानकारी पाएको मितिले तीस दिनभित्र क्षतिपूर्ति बुझाउनु पर्ने सम्बन्धित व्यक्ति, संस्था वा प्रस्तावकले क्षतिपूर्तिको रकम त्यस्तो क्षतिपूर्ति पाउने सम्बन्धित व्यक्ति वा संस्थालाई बुझाउनु पर्नेछ । (२) उपनियम (१) बमोजिमको म्यादभित्र क्षतिपूर्तिको रकम बुझाउन नसकेको मनासिब कारण जनाई त्यस्तो क्षतिपूर्ति बुझाउनु पर्ने सम्बन्धित व्यक्ति, संस्था वा प्रस्तावकले म्याद थपको लागि नियम ४१. को उपनियम (१) बमोजिमको निकाय वा अधिकारी समक्ष निवेदन पेश गरेमा र सोको कारण मनासिब देखिएमा त्यस्तो निकाय वा अधिकारीले एक पटकको लाग्रि बढीमा तीस दिनको म्याद थप गरिदिन सक्नेछ ।