दफा १६
निर्माण भाग भत्काउन वा हटाउन सक्ने :

(१) परिषद्‌बाट कुनै निर्माणको भाग भत्काउने वा हटाउने गरी भएको निर्णय उपर दफा १५ बमोजिम पुनरावेदन परेकोमा उच्च अदालतबाट त्यस्तो निर्माणको भाग भत्काउने वा हटाउने गरी निर्णय भएमा सो निर्णय भएको मितिले पैंतीस दिनभित्र र पुनरावेदन नपरेकोमा परिषद्‌बाट निर्माणको भाग भत्काउने वा हटाउने गरी निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित व्यक्तिले त्यस्तो निर्माणको भाग भत्काउनु वा हटाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको म्यादभित्र सम्बन्धित व्यक्तिले त्यस्तो निर्माणको भाग नभत्काएमा वा नहटाएमा परिषद् आफैले भत्काउन वा हटाउन सक्नेछ र त्यसरी भत्काउँदा वा हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

(३) उपदफा (२) बमोजिम परिषद् आफैले कुनै निर्माणको भाग भत्काउँदा वा हटाउँदा गाउँपालिका वा नगरपालिकाका सम्बन्धित वडा अध्यक्षको रोहवरमा भत्काउनु वा हटाउनु पर्नेछ । त्यसरी भत्काउँदा वा हटाउँदा यथासम्भव प्रयास गर्दा गर्दै पनि भत्काउनु वा हटाउनु पर्ने भाग भन्दा बढी भाग भत्किन वा हट्न गएमा परिष्द जवाफदेही हुने छैन । र त्यसरी बढी भाग भत्किन वा हट्न गई क्षति पुग्न गए वापत सम्बन्धित व्यक्तिले क्षतिपूर्ति माग गर्न पाउने छैन ।