दफा ८
निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
(१) आयोगको निर्देशनको अधीनमा रही
स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन गर्नु, गराउनु निर्वाचन अधिकृतको कर्तव्य हुनेछ ।
(२) निर्वाचन अधिकृतले निर्वाचनको काम गर्न खटाएको कर्मचारीलाई आवश्यकता अनुसार आफ्नो अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।
तर मनोनयनपत्र जाँच्ने, मनोनयन पत्र सदर वा बदर गर्ने र मतगणनाको अन्तिम परिणाम घोषणा गर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन ।
(३) निर्वाचन अधिकृतले नेपाल सरकारका कर्मचारीलाई निर्वाचन सम्बन्धी कुनै काममा खटाउन वा लगाउन सक्नेछ ।
(४) निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।