नियम २९
निर्वाचन अधिकृत<br>
(१) गाउँ कार्यपालिका तथा नगर कार्यपालिकामा निर्वाचित हुने महिला र दलित वा अल्पसङ्ख्यक सदस्यको निर्वाचन गराउने जिम्मेवारी सम्बन्धित स्थानीय तहको निर्वाचनको लागि खटिएको निर्वाचन अधिकृतको हुनेछ ।
(२) जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख तथा सदस्य पदको निर्वाचनको लागि आयोगले न्याय सेवा आयोगको परामर्शमा न्याय सेवाको राजपत्राङ्कित अधिकृतलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गर्नेछ ।
(३) ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त उपनियम (१) वा (२) बमोजिमको निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) आयोगसँग समन्वय गरी उपनियम (१) वा (२) बमोजिमको निर्वाचनको लागि निर्वाचन कार्यक्रम तयार गरी प्रकाशन गर्ने,
(ख) सम्बन्धित निर्वाचनमा मतदाता हुने सदस्यहरुको नाम मतदाताको रुपमा सूचीकृत गरी मतदाता नामावली प्रकाशन गर्ने,
(ग) खण्ड (ख) बमोजिमको सूचीमा प्रकाशित नामावलीमा उल्लिखित विवरणमा कुनै त्रुटी भएमा सम्बन्धित व्यक्तिको निवेदनको आधारमा आवश्यक जाँचबुझ गरी सच्याउने,
(घ) सम्बन्धित निर्वाचनको लागि मतदान अधिकृतको रुपमा मतदान सम्पन्न गर्ने वा गराउने ।