नियम ३
निर्वाचन कार्यक्रम निर्धारण
(१) अध्यादेशको दफा ५ बमोजिम निर्वाचनको मिति तोकिएको सूचना प्रकाशन भएपछि आयोगले मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली उपर दाबी विरोधको उजूरी दिने, उजूरी उपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्ने, उम्मेदवारीको दाबी विरोधमा उजूरी दिने, मनोनयनपत्र र उजूरी उपर जाँचबुझ गर्ने, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मतदान गर्ने मिति, समय र स्थान समेत उल्लेख भएको निर्वाचन कार्यक्रम निर्धारण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।