दफा ५७
निर्वाचन परिणामको घोषणा
: (१) निर्वाचन अधिकृतले प्रदेश सभाका सदस्यले दिएको मत र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले दिएको मत छुट्टाछुट्टै गणना गरी प्रत्येक उम्मेदवारले प्राप्त गरेको कूल सदर मत सङ्ख्या निर्धारण गर्नु  पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रत्येक उम्मेदवारले प्राप्त गरेको प्रदेश सभाका सदस्यको मत र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतलाई दफा ५६ बमोजिम कायम भएको मतभारले गुणन गरी आएको सङ्ख्यालाई प्रत्येक उम्मेदवारले पाएको कूल मत मानिनेछ ।
(३) उपदफा (२) बमोजिम कायम हुन आएको कूल मतको आधारमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई दफा ३ बमोजिम निर्वाचन अधिकृतले विजयी भएको घोषणा गरी निर्वाचन परिणाम प्रकाशन गर्नु पर्नेछ ।