नियम ३४
निर्वाचन प्रतिनिधि
(१) उम्मेदवारले निर्वाचनको कामको लागि आफूले गर्नु पर्ने काम गर्न एकजना निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(२) कुनै व्यक्ति निर्वाचन प्रतिनिधि हुन देहायको योग्यता पूरा गरेको हुनु पर्नेछ –
(क) नेपालको नागरिक,
(ख) एक्काईस वर्ष उमेर पूरा भएको,
(ग) सम्बन्धित पदको निर्वाचनको लागि तयार भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,
(घ) साधारण लेखपढ गर्न जानेको,
(ङ) ऐनको दफा १३ बमोजिम अयोग्य नभएको,
(च) अन्य प्रचलित कानूनले अयोग्य नभएको ।
(३) निर्वाचन प्रतिनिधिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ –
(क) मतदान, मतगणना वा निर्वाचन सम्बन्धी अन्य कार्यमा उम्मेदवारको प्रतिनिधित्व गर्ने,
(ख) मतदान, मतगणना वा निर्वाचन सम्बन्धी अन्य कार्य गर्दा तयार गर्नुपर्ने विभिन्न मुचुल्कामा उम्मेदवारको प्रतिनिधिको रुपमा सहिछाप गर्ने,
(ग) निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न सहयोग पु¥याउने ।
(४) उपनियम (१) बमोजिम निर्वाचन प्रतिनिधि नियुक्त गरेको अवस्थामा उम्मेदवारले निर्वाचन अधिकृतलाई अनुसूची–२२ बमोजिम जानकारी दिनु पर्नेछ ।
(५) निर्वाचन अधिकृतले निर्वाचन प्रतिनिधिलाई अनुसूची–२३ बमोजिमको परिचयपत्र दिनु पर्नेछ ।