नियम
निवदेनमा खुलाउनु पर्ने कुराहरू
राजनैतिक दलले नियम ५ बमोजिम निवेदन दिँदा देहायका कुराहरू खुलाउनु पर्नेछ ः–
(क) राजनैतिक दलको नाम र त्यसको प्रधान कार्यालय रहने ठेगाना,
(ख) राजनैतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना,
(ग) राजनैतिक दलको आयस्रोतको कोष र सो जुटाउने स्रोतको विवरण ।