नियम
निवेदन उपर जाँचबुझ गर्ने
(१) नियम ८ बमोजिम प्राप्त निवेदन तथा सोसाथ प्राप्त विवरण तथा कागजात उपर हेजिङ्ग गर्ने संस्थाले आवश्यक जाँचबुझ गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा कुनै विवरण वा कागजात पूरा नभएमा वा कुनै विषयमा थप स्पष्ट पार्न आवश्यक देखेमा हेजिङ्ग गर्ने संस्थाले निवेदकलाई पैंतीस दिनको म्याद दिई त्यस्तो विवरण वा कागजात पेश गर्न वा सो सम्बन्धमा थप स्पष्ट गर्न लगाउन लिखित सूचना दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम सूचना प्राप्त भएमा निवेदकले हेजिङ्ग गर्ने संस्थालाई सो सूचनामा निर्धारित अवधिभित्र आवश्यक विवरण वा कागजात उपलब्ध गराउनु वा थप स्पष्ट गर्न आवश्यक देखिएको विषयमा स्पष्ट गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा निवेदकलाई हेजिङ्ग सुविधा प्रदान गर्न मिल्ने नदेखिएमा हेजिङ्ग गर्ने संस्थाले सो सम्बन्धी निर्णयको लिखित जानकारी निवेदन प्राप्त भएको मितिले सात कार्यदिनभित्र सम्बन्धित निवेदकलाई दिनु पर्नेछ।