नियम
निवेदन जाँचबुझ गर्नु पर्ने

(१) नियम ५ बमोजिम प्राप्त निवेदन उपर बैङ्कले आवश्यक विवरण र कागजात पूरा भए नभएको सम्बन्धमा जाँचबुझ गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा कुनै विवरण वा कागजात पूरा नभएमा वा कुनै विषयमा थप स्पष्ट पार्न आवश्यक देखेमा बैङ्कले निवेदकलाई त्यस्तो विवरण वा कागजात पेश गर्न वा सो सम्बन्धमा थप स्पष्ट गर्न लगाउन बढीमा पन्ध्र दिनको म्याद दिई लिखित सूचना दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम सूचना प्राप्त भएमा निवेदकले बैङ्कले तोकेको अवधिभित्र आवश्यक विवरण वा कागजात वा कुनै विषयमा थप स्पष्ट गर्नु पर्ने भए सो समेत उपलब्ध गराउनु पर्नेछ ।

(४) उपनियम (३) र नियम ५ को उपनियम (२) बमोजिम प्राप्त विवरण वा कागजातका आधारमा निवेदन उपर जाँचबुझ गर्दा हेजिङ्ग सुविधा प्रदान गर्न नसकिने देखिएमा बैङ्कले सो सम्बन्धी निर्णयको लिखित जानकारी सात दिनभित्र निवेदकलाई दिनु पर्नेछ ।