नियम
निवेदन दिनु पर्ने

(१) यस नियमावली बमोजिम हेजिङ्ग सुविधा प्राप्त गर्न चाहने परियोजनाले अनुसूची–१ बमोजिमको ढाँचामा बैङ्क समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको निवेदनसाथ देहायका कागजात संलग्न गर्नु पर्नेछः–

(क परियोजना कार्यान्वयन सम्बन्धमा सम्बन्धित निकायबाट प्राप्त अनुमतिपत्रको प्रतिलिपि,
(ख) परियोजनामा हुने लगानी सम्बन्धी सम्झौताको प्रतिलिपि,
(ग) नियम ४ बमोजिम विदेशी लगानी गर्ने र विदेशी मुद्रा ल्याउने स्वीकृतिपत्रको प्रतिलिपि,
(घ) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
(ङ) नियम ३ को खण्ड (ङ) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले हेजिङ्ग सुविधा उपलब्ध गराउने भनी निर्णय गरेका परियोजनाको हकमा सम्बन्धित मन्त्रालयले दिएको जानकारीपत्रको प्रतिलिपि ।