दफा ११
निवेदन दिनु पर्ने
(१) यस ऐन बमोजिम न्यूनतम रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिले आफूसँग भएको सीप, योग्यता वा क्षमता उल्लेख गरी तोकिए बमोजिमको अवधिभित्र तोकिए बमोजिमको ढाँचामा सम्बन्धित रोजगार सेवा केन्द्रमा आफ्नो विवरण सहित निवेदन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन उपर रोजगार सेवा केन्द्रले आवश्यक जाँचबुझ गरी वास्तविक बेरोजगार व्यक्तिको सूची तयार गरी अद्यावधिक अभिलेख राख्नु पर्नेछ।
(३) रोजगार सेवा केन्द्रले उपदफा (२) बमोजिमको अद्यावधिक अभिलेख तोकिए बमोजिम नेपाल सरकार र सम्बन्धित प्रदेश सरकारलाई उपलव्ध गराउनु पर्नेछ।
(३) रोजगार सेवा केन्द्रले उपदफा (२) बमोजिमको अद्यावधिक अभिलेख तोकिए बमोजिम नेपाल सरकार र सम्बन्धित प्रदेश सरकारलाई उपलव्ध गराउनु पर्नेछ।