नियम ६२
निषेधित क्षेत्रमा वायुयान उडान गर्न नहुने
नेपाल सरकार एवं प्राधिकरणले पूर्ण रुपमा
वायुयान उडान गर्न मनाही गरेको क्षेत्र र तोकिदिएको अवस्थामा तथा समयमा मात्र उडान
गर्न पाउने भनी तोकेको क्षेत्रमा त्यसरी तोकिदिएको अवस्थामा तथा समयमा बाहेक अन्य
अवस्था तथा समयमा कसैले पनि वायुयान उडाउन हुँदैन ।