नियम ३१
नीति तथा योजना सम्बन्धी कार्य फछ्र्यौट गर्ने समयावधि
नेपाल सरकारको नीति वा योजना सम्बन्धी कार्यमा आफ्नो कार्यालयभित्र उठान भई आफैले निर्णय गर्नु पर्ने भएमा वा त्यस्तो कार्यमा सो कार्यालयले आवश्यक विचार गरी अर्को कार्यालयलाई निर्णय वा निकासा दिनु पर्ने भएमा कार्यालय प्रमुखले सो काम बढीमा सातदिनभित्र फछ्र्यौट गर्ने वा गर्न लगाउनु पर्नेछ ।
कुनै कारणवश तोकिएको अवधिभित्र कार्य फछ्र्यौट हुन नसक्ने देखिएमा कार्यालय प्रमुखले कारण समेत खुलाई कार्य फछ्र्यौट गर्न आवश्यक पर्ने अवधि थप गर्न सक्नेछ ।