दफा ११
नेपाल प्रहरीको परिचालन र सुपरिवेक्षण
(१) नेपाल प्रहरीको परिचालन र सुपरिवेक्षण नेपाल सरकारले गर्नेछ।
(२) यस ऐन, प्रचलित कानून तथा नेपाल सरकारको नीति निर्देशनको अधीनमा रही शान्ति सुव्यवस्था, अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानको सन्दर्भमा माथिल्लो प्रहरी कार्यालयले आफ्नो मातहतका कार्यालयलाई आदेश वा निर्देशन दिन सक्नेछ। यसरी दिएको आदेश वा निर्देशनको पालना गर्नु प्रत्येक प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीको कर्तव्य हुनेछ।
(३) जिल्लास्तरमा कार्यरत नेपाल प्रहरीका प्रहरी कर्मचारी सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको नियन्त्रण र निर्देशनमा रहनेछन्।