दफा १२
नेपाल सरकार वा बैङ्कको दायित्व नरहने

(१) यस ऐन बमोजिम बैङ्कले धनीको मनोनयन गरिसकेपछि सो मनोनयन बारे कुनै अदालतमा नेपाल सरकार वा बैङ्कको विरूद्ध मुद्दा दायर गर्न पाइने छैन ।

(२) यस ऐन बमोजिम बैङ्कले ऋणपत्रको भुक्तानी दिएकोमा कुनै अदालतमा नेपाल सरकार वा बैङ्कको विरूद्ध मुद्दा दायर गर्न पाइने छैन ।