दफा १६
नेपाल सरकारको नियन्त्रणमा रहनेः
१६.१ पशुपतिक्षेत्रभित्रका वन, जंगल, र पर्ति जग्गाहरू नेपाल सरकारको नियन्त्रणमा रहनेछन् । वनकाली, मृगस्थली, तीलगंगा, कैलाश वेद विद्याश्रम, देव उद्यान लगायत पशुपति क्षेत्रभित्रका पाटी, पौवा, सत्तल, मठ, मन्दिर वा देवालय र तिनीहरूले चर्चेका जग्गा, पोखरी, खोलाको बगर र वन जंगल कुनै व्यक्ति वा संस्थाका नाउँमा दर्ता गरेको भए त्यस्तो दर्ता बदर हुनेछ । नेपाल सरकारको नियन्त्रणमा भएको वन, जंगल, पर्ति जग्गा कुनै व्यक्ति वा संघ संस्थालाई हक छाडी वा नछाडी भोग चलन गर्न दिन पाइने छैन।
१६.२ परिषद्ले पशुपति क्षेत्रको विकास गर्नको लागि पशुपति क्षेत्रभित्रको वन जंगल र ऐलानी, पर्ति जग्गाहरूको योजनाबद्ध रूपमा विकास गर्न र प्रयोगमा ल्याउन उपदफा १६.१ को व्यवस्थाले कुनै बाधा पुर्याएको मानिने छैन ।