दफा ३०
नेपाल सरकारको विशेष अधिकार
: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल राज्यभर वा नेपाल राज्यको कुनै खास क्षेत्रमा कुनै वस्तु वा सेवाको उत्पादन वा वितरणमा सङ्कट उत्पन्न भएमा वा हुन सक्ने देखिएमा वा कुनै वस्तु वा सेवाको आपूर्ति तथा वितरणको अवस्थालाई विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको अवधि र क्षेत्रमा परिच्छेद–२ मा लेखिएको कुनै कुरा लागू नहुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।
तर यो ऐन लागू हुनुभन्दा अघि नेपाल सरकारले गरेको आपूर्ति तथा वितरण सम्बन्धी व्यवस्था र आदेश यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।