दफा
नेपाल सरकारले अख्तियार गर्ने नीतिहरु
(१) संविधान तथा अन्य प्रचलित कानूनमा व्यवस्था भएका नीति एवं समय समयमा अख्तियार गरिएका नीतिका अतिरिक्तमुलुकको प्रशासनिक कार्य सम्पादन गर्दा नेपाल सरकारले देहायका नीति अख्तियार गर्नेछः –
(क) आर्थिक उदारीकरण,
(ख)गरीबी निवारण
(ग) सामाजिक न्याय,
(घ) प्राकृतिक तथाअन्य सार्वजनिक स्रोतको दीगो तथा कुशल व्यवस्थापन,
(ङ) महिला सशक्तिकरण तथा लैङ्गिक न्यायको विकास
(च) वातावरणीय संरक्षण
,(छ) जनजाति, दलित तथा आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गको उत्थान
(ज) दुर्गम क्षेत्रको विकास तथा सन्तुलित क्षेत्रीय विकास ।
(१क) प्रदेश सरकार, गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले आफ्नो प्रशासनिक कार्य सम्पादन गर्दा उपदफा (१) मा उल्लिखित नेपाल सरकारले अख्तियार गरेका नीतिको अधीनमा रही आवश्यक नीतिहरू अख्तियार गर्नेछन्।
(२) उपदफा (१) बमोजिम अख्तियार गरेका र उपदफा (१क) बमोजिम अख्तियार गरेका नीतिलाई कार्यान्वयन गर्न प्रदेश सरकार, गाँउ कार्यपालिका वा नगर कार्यपालिकाले समय समयमा आवश्यक कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गर्नेछ ।