दफा
नेपाल स्काउटको उद्देश्य

नेपाल स्काउटको उद्देश्य देहाय बमोजिम हुनेछः–

(क) विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउँदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने ।

(ख) बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने ।

(ग) दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने ।

(घ) सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने ।

(ङ) समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू संचालन गर्ने, गराउने ।

(च) स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोग सम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम संचालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने ।