दफा १०
नेपालको कुनै भागबाट विदेशको बाटो प्रयोग गरी पुन
नेपालभित्र ल्याउने वस्तुको महसुल सुविधा: (१) ऐनको दफा १३ को उपदफा (५) बमोजिम नेपालको कुनै भागबाट विदेशको बाटो प्रयोग गरी पुनः नेपालभित्र कुनै वस्तु ल्याउन चाहने वस्तु धनीले वस्तुको साथ प्रज्ञापनपत्र भरी सो वस्तु पुनः कुन भन्सार कार्यालयबाट नेपालभित्र ल्याउने हो सो समेत स्पष्ट खुलाई सम्बन्धित भन्सार कार्यालयमा पेस गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम प्राप्त प्रज्ञापनपत्र उपर जाँचबुझ गर्दा नेपालको बाटोबाट वस्तु लैजान सक्ने यातायातको सस्तो र सजिलो साधन तथा सुविधा नभएको र भन्सार प्रशासनका दृष्टिले विदेशको बाटो गरी वस्तु लैजान मनासिब देखिएमा भन्सार कार्यालयको प्रमुखले मन्त्रालयको स्वीकृति लिई त्यस्तो वस्तुमा लाग्ने भन्सार महसुलको लगत राखी वा भन्सार महसुल नगद धरौटी लिई त्यस्तो वस्तुको विवरण खुलाई भन्सार कार्यालयको .सील लगाई सो वस्तु नेपालको कुनै भागबाट विदेशको बाटो प्रयोग गरी पुनः नेपालभित्र ल्याउने गरी निर्दिष्ट स्थानमा पुच्याउन लाग्ने बाटाको म्याद तोकी सोही व्यहोरा प्रज्ञापनपत्रमा खुलाई एक प्रति प्रज्ञापनपत्र वस्तु धनीलाई दिई त्यस्तो वस्तु लैजान अनुमति दिनु पर्नेछ।

(३) उपनियम: (२) मा जुनसुकै कुरा लेखिए भए तापनि उपनियम (१): बमोजिम प्राप्त प्रज्ञापनपत्र उपर जाँचबुझ गर्दा नेपालको बाटोबाट वस्तु लैजान सक्ने यातायातको सस्तो र सजिलो साधन. तथा सुविधा भएको र भन्सार प्रशासनको दृष्टिले पनि नेपालको बाटो प्रयोग गरी वस्तु लैजान मनासिब देखिएमा भन्सार कार्यालयको प्रमुखले विदेशको बाटो प्रयोग गरी वस्तु लैजान अनुमति दिने छैन।

(४) कुनै विदेशी मुलुकमा पैठारी गर्न निषेध गरिएको वस्तु त्यो मुलुकको बाटो गरी नेपालको एक भागबाट अर्को भागमा ल्याउन परेमा नेपाल र्‌ सो मुलुक बीच पारवहन सम्बन्धमा. कुनै सन्धि वा सम्झौता भएको रहेछ भने वस्तु धनीले त्यस्तो सन्धि वा सम्झौता अन्तर्गतको स्वीकृत कार्य प्रणालीको रीत पुच्याई लैजानु पर्नेछ।

(५) निकासी गर्न अनुमति दिने भन्सार _कार्यालयले उपनियम (२) बमोजिम दिएको प्रज्ञापनपत्र र सो बमोजिमको वस्तु तथा ढुवानी सम्बन्धी कागजात पैठारी: हुने भन्सार कार्यालयमा पेस हुन आएमा र सबै विवरण भिडाउँदा ठीक देखिएमा सो भन्सार कार्यालयले भन्सार महसुल नलिई सोही व्यहोरा प्रज्ञापनपत्रमा जनाई त्यस्तो वस्तु पैठारी गर्न अनुमति दिनेछ र सो प्रज्ञापनपत्रको एक प्रति/संलग्न गरी तीन दिनभित्र निकासी गर्न अनुमति दिने _भन्सार कार्यालयलाई जानकारी पठाउनु पर्नेछ।

तर निकासी गर्न अनुमति दिएको भन्सार कार्यालयले दिएको प्रज्ञापनपत्र वस्तु पैठारी हुने भन्सार कार्यालयमा दाखिला नभएमा पैठारी बापतको महसुल प्रचलित कानून बमोजिम धरौटी लिएर मात्र वस्तु पैठारी गर्न दिनु पर्नेछ।

(६) निकासी गर्न अनुमति दिने भन्सार कार्यालयले उपनियम (५) बमोजिम जानकारी प्राप्त भई धरौटी फिर्ता वा लगत कट्टी गरिदिन हुने अवस्था देखेमा धरौटी फिर्ता वा लगत कट्टा गरिदिनु पर्नेछ।

तर्‌ निकासी गर्न अनुमति दिइएको वस्तु आंशिक रूपमा: मात्र पैठारी भएको देखिएमा पैठारी नभएको वस्तुको लाग्ने भन्सार महसुल धरौटी रकमबाट कट्टा गरी असुल गर्नु पर्नेछ। कुनै वस्तुको लाग्ने महसुलको लगत राखी वस्तु छाडेको भए सात दिनभित्र त्यस्तो महसुल असुल उपर गर्नु पर्नेछ।