नियम ३
न्यायाधिकरणको अधिकार क्षेत्रको प्रयोग
(१) न्यायाधिकरणको अधिकार क्षेत्रको प्रयोग तीनैजना सदस्यले सामूहिक रुपमा गर्नेछन् ।तर एक सदस्य उपस्थित भएको इजलासले मुद्दाको कारबाही र दुई सदस्य उपस्थित भएको इजलासले मुद्दाको कारबाही र किनारा गर्न सक्नेछ । (२) तीनजना सदस्य उपस्थित भएको इजलासमा तीनैजना सदस्यको एक मत या दुई जना सदस्यको बहुमत कायम भए सो मत न्यायाधिकरणको निर्णय मानिनेछ । (३) दुईजना सदस्य उपस्थित भएको इजलासमा एक मत कायम नभएमा कारबाहीको हकमा अध्यक्ष सहितको इजलास भए अध्यक्षको राय बमोजिम र अध्यक्ष बाहेकको इजलास भए वरिष्ठ सदस्यको राय बमोजिम गर्नु पर्नेछ । मुद्दाको फैसला या अन्तिम आदेशको हकमा पहिला अनुपस्थित रहने सदस्य समक्ष पेश गरी निजले समर्थन गरेको राय न्यायाधिकरणको निर्णय मानिनेछ । (४) उपनियम (३) बमोजिम पहिले अनुपस्थित रहेको सदस्य समक्ष पेश गर्दा पनि तीनैजनाको राय अलग अलग भई बहुमत कायम हुन नसकेमा निर्णयको लागि सर्वोच्च अदालत समक्ष पेश गर्नु पर्ने (५) उपनियम (४) बमोजिम पेश ग मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरी सुनुवाई गर्नु पर्नेछ