दफा
न्यायाधिकरणको अधिकारक्षेत्र

(१) राजस्वसम्बन्धी मुद्दामा न्यायाधिकरणको पुनरावेदन र निवेदन सुन्ने अधिकारक्षेत्र यो ऐन र प्रचलित अन्य नेपाल कानूनबमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम पुनरावेदन सुन्दा न्यायाधिकरणलाई देहायको अधिकार हुनेछ:

(क) मुद्दाको अन्तिम निर्णय गर्ने,

(ख) मुद्दामा मुख्य ठहर्याउनु पर्ने कुरा खुलाई मुनासिब समय तोकी मुद्दाको लगत कायमै राखी सो विषयमा कारवाई र किनारा गर्न शुरु किनारा गर्ने अड्डा वा अधिकारी छेउ फिर्ता पठाउने,

(ग) शुरु किनारा गर्ने अड्डा वा अधिकारीले गरेको फैसला वा आदेशलाई सदर उल्टी वा केही उल्टी गर्ने र सो तल्लो अड्डा वा अधिकारीले गर्न पाउने कारवाई वा निर्णय गर्ने,

(घ) आफैले बढी प्रमाण बुझ्ने र तल्लो अड्डा वा अधिकारीबाट पनि बुझ्न लगाउने, र

(ङ) पक्ष र साक्षी झिकाउने, बयान लिने, प्रमाण बुझ्ने, कागजपत्र दाखिल गराउने र दण्ड सजाय गर्ने समेत प्रचलित नेपाल कानूनबमोजिम अदालतलाई भए सरहको अधिकार प्रयोग गर्ने ।