नियम ५ख
न्यूनतम मूल्य निर्धारण समितिको गठन
(१) रजिष्ट्रेशन हुने लिखतमा थैली अंक
कायम गर्ने प्रयोजनको लागि प्रत्येक मालपोत कार्यालय क्षेत्रमा देहायका अध्यक्ष तथा
सदस्यहरु रहेको एक न्यूनतम मूल्य निर्धारण समिति गठन हुनेछ ः–
(क) प्रमुख जिल्ला अधिकारी – अध्यक्ष
(ख) जिल्ला विकास समितिको सभापति वा निजले तोकेको
जिल्ला विकास समितिको सदस्य – सदस्य
(ग) प्रमुख, नापी कार्यालय – सदस्य
(घ) आन्तरिक राजश्व कार्यालय भएको जिल्लामा सो
कार्यालयको प्रमुख र सो कार्यालय नभएको जिल्लामा
कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रमुख – सदस्य
(ङ) ……………
(च)……………
(छ)………………….
नेपाल राष्ट्र बैंकले तोकेको स्थानीय वाणिज्य बैंकको प्रतिनिधि  – सदस्य
जिल्लास्थित उद्योग वाणिज्य संघको प्रतिनिधि                 – सदस्य
प्रमुख, मालपोत कार्यालय                              – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिमको समितिको बैठकमा आवश्यकता अनुसार
सम्बन्धित विषयका विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
(३) उपनियम (१) बमोजिमको समितिले प्रत्येक वर्ष आषढ मसान्तभित्र जग्गाको
न्यूनतम मूल्य निर्धारण गर्नेछ ।
(४) उपनियम (१) बमोजिमको समितिले रजिष्ट्रेशन हुने लिखतमा थैली अङ्क
कायम गर्ने प्रयोजनको लागि देहायको आधारमा जग्गाको न्यूनतम मूल्य निर्धारण गर्न
सक्नेछ ः–
(क) जग्गासँग सडक वा बाटो जोडिए नजोडिएको र नजोडिएको भए त्यसको
प्रकार,
(ख) जग्गाको प्रयोजनको अवस्था,
(ग) जग्गाको वस्तुगत अवस्थिति,
(घ) चालु आर्थिक वर्ष कारोवार भएको सोही क्षेत्रको खरिद विक्री मूल्य,
(५) उपनियम (१) बमोजिमको समितिले कुनै जग्गाको न्यूनतम मूल्य निर्धारण
गर्दा चालु आर्थिक वर्षभन्दा कम मूल्य निर्धारण गर्नुपर्ने भएमा त्यसको कारण खुलाई
स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।