दफा ६२
पक्राउ गर्न सक्ने
: (१) कसैले यस ऐनको दफा ४३ बमोजिमको कसूर गरेको रहेछ र निजलाई तत्काल पक्राउ नगरेमा निज भागी जाने सम्भावना छ भन्ने लागेमा प्रहरी कर्मचारीले त्यस्तो व्यक्तिलाई विना पूर्जी पक्राउ गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पक्राउ गरिएको व्यक्तिलाई बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।