दफा १९
पक्राउ गर्न सक्ने
(१) यो ऐन र प्रचलित कानून बमोजिम नेपाल प्रहरीबाट अनुसन्धान हुने कुनै अपराधमा संलग्न भएको वा संदिग्ध व्यक्तिलाई नेपाल प्रहरीले कानून बमोजिम पक्राउ गर्नु पर्नेछ।
(२) यो ऐन र प्रचलित कानून बमोजिम प्रदेश प्रहरीबाट अनुसन्धान हुने कुनै अपराधमा संलग्न भएको वा संदिग्ध व्यक्तिलाई प्रदेश प्रहरीले कानून बमोजिम पक्राउ गर्नु पर्नेछ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश प्रहरी वा अन्य निकाय वा अधिकारीबाट अनुसन्धान हुने अपराधमा संलग्न भएको वा संदिग्ध व्यक्तिलाई नेपाल प्रहरीले र नेपाल प्रहरी वा अन्य निकाय वा अधिकारीबाट अनुसन्धान हुने अपराधमा संलग्न भएको वा संदिग्ध व्यक्तिलाई प्रदेश प्रहरीले कानून बमोजिम पक्राउ गर्न सक्नेछ।
(४) उपदफा (३) बमोजिम पक्राउ परेको व्यक्तिलाई यथाशीघ्र त्यस्तो अपराधको अनुसन्धान गर्ने निकाय वा अधिकारीलाई हस्तान्तरण गर्नु पर्नेछ।