दफा २७६
पक्ष वा साक्षीको परिचय गोप्य राख्न सक्ने

(१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै पक्ष वा साक्षीको परिचय सार्वजनिक गर्दा त्यस्तो पक्ष वा साक्षीको सामाजिक प्रतिष्ठा वा इज्जतउपर प्रतिकूल प्रभाव पर्न सक्ने वा निज उपर कुनै पक्षबाट अनुचित डर, त्रास वा भय हुन सक्ने वा निजको जीउ,ज्यानको सुरक्षामा प्रतिकूल हुन सक्ने देखिएमा त्यस्तो पक्ष वा साक्षीको नाम, थर, वतन वा निजको बाबु आमाकोनाम वा निजको परिचय हुन सक्ने अन्य कुनै हुलिया गोप्य राख्न सम्बन्धित पक्षले अदालतलाई अनुरोध गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुरोध भएकोमा अदालतले त्यस्तो पक्ष वा साक्षीको नाम, थर, वतन, निजको बाबु आमाको नाम वानिजको परिचय गोप्य राख्ने गरी आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम गोप्य राखिएको व्यक्तिको नाम, थर, वतन वा निजको बाबु आमाको नाम वा निजको परिचय सम्बन्धितमुद्दाको सुनुवाईका बखत वा सो सम्बन्धी विवरण प्रकाशन गर्दाका बखत अदालतको आदेश बमोजिम छद्म नाम, थर, वतन वापरिचय राखी प्रकाशन गर्नु पर्नेछ ।