नियम
पञ्जीकरण खारेज गर्न सक्ने
(१) केन्द्रले देहायको अवस्थामा कुनै जीवनाशक विषादीको पञ्जीकरण खारेज गर्न सक्नेछ:-

(क) ऐनको दफा ५ को उपदफा (१) को खण्ड (क), (ख) वा (घ) को अवस्था भएमा,

(ख) ऐनको दफा ५ को उपदफा (१) को खण्ड (ग), (ङ) र (च) विपरीतको काम समिति, केन्द्र वा बिषादी निरीक्षकको लिखित चेतावनी पश्चात कार्य गरेको पाइएमा,

(ग) नियम ७ को उपनियम (६) बमोजिमको अवधिभित्र निलम्बन फुकुवाको लागि केन्द्रमा निवेदन नदिएमा ।

(२) उपनियम (१) बमोजिम जीवनाशक विषादीको पञ्जीकरण खारेज गर्नु अघि केन्द्रले त्यस्तो जीवनाशक विषादी पञ्जीकरण गराउने व्यक्ति, संस्था वा निकायलाई जीवनाशक विषादीको पञ्जीकरण खारेज गर्नु पर्ने-कारण खुलाई पञ्जीकरण खारेज गर्नु नपर्ने कुनै आधार र प्रमाण भएमा सो समेत संलग्न गरी सफाइ पेस गर्नको लागि बढीमा पन्ध्र दिनको अवधि दिई सूचना दिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम दिइएको समयावधिभित्र सफाइ पेस नगरेमा वा पेस गरेको सफाइको व्यहोरा सन्तोषजनक नभएमा केन्द्रले ऐनको दफा ५ बमोजिम जीवनाशक विषादीको पञ्जीकरण खारेज गर्ने निर्णय गर्न सक्नेछ।

(४) उपनियम /(३) बमोजिम कुनै जीवनाशक विषादीको पञ्जीकरण खारेज गरेकोमा सोको जानकारी सम्बन्धित व्यक्ति, संस्था वा निकाय र समितिलाई निर्णय भएको दिन वा त्यसको भोलिपल्टसम्म पठाउनु पर्नेछ र त्यस्तो निर्णय केन्द्रको वेबसाइटमा राख्नु पर्नेछ।

(५) उपनियम (३) बमोजिम पञ्जीकरण खारेज गरिएका जीवनाशक विषादीको नाम केन्द्रले नेपाल राजपत्रमा प्रकाशन; गर्नको लागि मन्त्रालयमा पठाउनु पर्नेछ र मन्त्रालयले, सौको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।