दफा ४
पञ्जीकरण नगरिएका जीवनाशक विषादीको प्रयोग गर्न नहुने
(१) कसैले पनि दफा ३ बमोजिम पञ्जीकरण गरिएका बाहेकका जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग लगायतका कार्य गर्नु गराउनु हुँदैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि वैज्ञानिक प्रयोग वा अनुसन्धानको प्रयोजनको लागि केन्द्रको पूर्वस्वीकृति लिई जीवनाशक विषादी पैठारी गर्न बाधा पर्ने छैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि वैज्ञानिक प्रयोग वा अनुसन्धानको प्रयोजनको लागि केन्द्रको पूर्वस्वीकृति लिई जीवनाशक विषादी पैठारी गर्न बाधा पर्ने छैन।