दफा
पञ्जीकृत विषादीको नवीकरण
(१) दफा ३ र ६ बमोजिम पञ्जीकरण भएको जीवनाशक विषादीको म्याद समाप्त हुनु पैंतीस दिन अगावै केन्द्र समक्ष नवीकरणको लागि निवेदन दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम परेको निवेदन उपर छानबिन गर्दा मनासिब देखिएमा केन्द्रले अर्को तीन वर्षको लागि पञ्जीकरणको नवीकरण गरिदिनु पर्नेछ।
(३) जीवनाशक विषादीको नवीकरण सम्बन्धी अन्य प्रक्रिया तोकिए बमोजिम हुनेछ।