दफा १८
पठनपाठनको लागि पुनरुत्पादन गर्न पाइने
(१) दफा ७ को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति विना पठनपाठनको लागि रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर नपपुरराउने गरी देहायको कार्य गर्न पाइनेछः–(क) उद्धरण, लेखन वा श्रव्य दृश्यको सहायताद्वारा कुनै प्रकाशित रचनाको छोटो भाग पुनरुत्पादन गर्न,
(ख) कक्षामा प्रस्तुत हुने शैक्षिक क्रियाकलापको प्रयोजनको लागि रचनाको केही अंश पुनरुत्पादन, प्रसारण र प्रदर्शन गर्न ।
(२) उपदफा (१) बमोजिम पुनरुत्पादन गरिएको सबै प्रतिहरुमा स्रोत र रचयिताको नाम उल्लेख गर्नु पर्नेछ ।