दफा १४
पद मुक्त हुने
(१) राष्ट्रपति वा उपराष्ट्रपतिको पदमा निर्वाचित कुनै व्यक्ति दफा १२ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भएमा निज त्यस्तो पदबाट मुक्त हुनेछ ।
(२) उपदफा (१) बमोजिम पद मुक्त भएको जानकारी आयोगले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम राष्ट्रपति वा उपराष्ट्रपति पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।