दफा ६७
पद रिक्त भएमा अदालतले पूर्ति गर्ने
: यस ऐनबमोजिम नियुक्त भएको पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरको दफा ६६ को उपदफा (१) बमोजिम इजाजतपत्र निलम्बन वा बदर भएमा वा अन्य कुनै कारणले निजको पद रिक्त भएमा शुरु नियुक्ति हुँदाको प्रक्रिया पूरा गरी अदालतले यस ऐनबमोजिम योग्यता पुगेको अन्य कुनै व्यक्तिलाई नियुक्त गर्न आदेश दिन सक्नेछ ।