नियम १०
पद रिक्त हुने
उपाध्यक्षको पद देहायको अवस्थामा रिक्त हुनेछः- (क) आफ्नो पदबाट लिखित राजीनामा दिएमा,
(ख) पैसट्ठी वर्ष उमेर पूरा भएमा,
(ग) निजलाई नियम ९ को उपनियम (८) बमोजिम हटाइएमा,
(घ) कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमति वा नागरिकता लिएमा,
(ङ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री बितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट कसूरदार ठहरिएमा, वा (च) मृत्यु भएमा ।