नियम २४
पद रिक्त हुने
कार्यकारी निर्देशकको पद देहायको अवस्थामा रिक्त हुनेछः-
(क) आफ्नो पदबाट लिखित रुपमा राजीनामा दिएमा,
(ख) पैंसट्ठी वर्ष उमेर पूरा भएमा,
(ग) निजलाई नियम २३ को उपनियम (८) बमोजिम हटाइएमा,
(घ) कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमति वा नागरिकता लिएमा,
(ङ) भ्रष्टाचार, जबरजस्ती करणी, लैङ्गिक हिंसा, मानव बेचविखन तथा ओसार पसार, लागू औषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण, संगठित अपराध वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट कसूरदार ठहरिएमा, वा
(च) मृत्यु भएमा ।