दफा १६
पदकको प्रकार र मर्यादाक्रम
: (१) यस ऐन बमोजिम जुनसुकै व्यक्तिलाई प्रदान गरिने पदक तथा त्यसको मर्यादाक्रम देहाय बमोजिम हुनेछन्ः–
(क) लोक श्री पदक ।
(ख) राष्ट्र सेवा पदक ।
(ग) सत्कार्य पदक ।
(घ) समाज सेवा पदक ।
(ङ) शिक्षा ज्योति पदक ।
(च) सगरमाथा पदक ।
(छ) सुकीर्ति पदक ।
(ज) वीरता पदक ।
(झ) शौर्य पदक ।
(ञ) प्राकृतिक प्रकोप पीडितोद्धार पदक ।
(ट) विकास रत्न पदक ।
(ठ) शान्ति पदक ।
(ड) विज्ञान प्रवीण पदक ।
(ढ) संविधान सभा निर्वाचन पदक ।
(२) अलङ्कार र पदकको मर्यादाक्रम कायम गर्दा अलङ्कारको मर्यादाक्रम सधैं माथिल्लो हुनेछ ।