नियम २४
पदस्थापनाको आधार
ऐनको दफा १७ बमोजिम खुल्ला तथा बढुवाद्वारा सिफारिस भएका कर्मचारीहरूको शुरु पदस्थापना गर्दा त्यस्ता कर्मचारीलाई रिक्त पदहरूको जानकारी गराइ निजहरूको रुची तथा चाहनाको प्राथमिकताक्रम कायम गर्न लगाइ सिफारिसको योग्यताक्रम अनुसार रोजेको स्थानमा पदस्थापन गरिनेछ ।