दफा ५९
पदाधिकारीलाई कारबाही हुने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा जिम्मेवारी तोकिएको पदाधिकारीले आफूलाई तोकिएको काम कारबाही समयभित्रै सम्पन्न नगरेमा वा बदनियतपूर्वक काम कारबाही गरेमा निजलाई प्रचलित कानून अनुसार कारबाही हुनेछ ।