दफा ६
पदावधि
(१) अध्यक्ष तथा सदस्यहरुको पदावधि पाँच वर्षको हुनेछ ।
(२) अध्यक्ष तथा सदस्यको पदावधि समाप्त भएपछि निजहरु दफा ५ बमोजिम पुन मनोनीत हुन सक्नेछन् ।
(३) पदावधि समाप्त नहुँदै अध्यक्ष वा सदस्यको पद रिक्त हुन आएमा बाँकी पदावधिका लागि दफा ५ बमोजिम अध्यक्ष वा सदस्य मनोनित हुनेछ ।
(४) अध्यक्ष वा सदस्यले राजीनामा गरेमा निजहरु आफ्नो पदबाट मुक्त भएको मानिनेछ ।
(५) आफ्नो कर्तव्य सुचारु रुपले पालन नगर्ने सदस्यलाई अध्यक्षबाट जुनसुकै बखतमा हटाउन सक्नेछ ।