दफा ११
पब्लिक कम्पनीको चुक्ता पुँजी
: (१) प्रचलित कानूनमा वा नेपाल सरकारले नेपाल राजपत्रमा
सूचना प्रकाशन गरी कुनै खास कम्पनीको चुक्ता पुँजी बढी हुनु पर्ने गरी अन्यथा व्यवस्था
गरिएकोमा बाहेक पब्लिक कम्पनीको चुक्ता पुँजी कम्तीमा एक करोड रुपैयाँ हुनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सोही
उपदफामा उल्लिखित चुक्ता पुँजी नभएको पब्लिक कम्पनीले सम्वत् २०६५ साल आश्विन २२
गतेभित्र उपदफा (१) बमोजिमको पुँजी कायम गर्नु पर्नेछ ।