दफा १५
परफर्मेन्स वण्ड सम्बन्धी व्यवस्था
प्रस्तावकले परफर्मेन्स वण्ड बापत परियोजनाको कूल लागतको शून्य दशमलव पाँच प्रतिशत (०.५) भन्दा कम नहुने गरी सम्झौतामा लेखिए बमोजिमको रकम वा सो बराबरको बैंक ग्यारेन्टी सम्झौतामा उल्लिखित समयावधिभित्र नेपाल सरकार समक्ष दाखिला गर्नु पर्नेछ ।