नियम १२७क
परामर्श समिति रहने
(१) शिक्षकहरुलाई दिइने निवृत्तभरण, पारिवारिक निवृत्तभरण, शैक्षिक भत्ता, सन्तति वृत्ति, उपदान वीमा वा औषधि उपचार सम्बन्धमा देखिएका समस्या समाधान गर्ने सम्बन्धमा शिक्षक किताबखानालाई आवश्यक सहयोग गर्नको लागि देहायका सदस्यहरु रहेको एक परामर्श समिति रहनेछः–
(क) मन्त्रालयले तोकेको सो मन्त्रालयको सहसचिव, अध्यक्ष
(ख) कार्यालय प्रमुख, कौषी तोषाखाना, सदस्य
(ग) प्रतिनिधि, (बजेट तथा कार्यक्रम शाखा) अर्थ मन्त्रालय,सदस्य
(घ) उपसचिव (विद्यालय शिक्षा शाखा) मन्त्रालय सदस्य
(ङ) उपसचिव, (ऐन नियम परामर्श शाखा) मन्त्रालय सदस्य
(च) प्रतिनिधि, निजामती किताबखाना, सदस्य
(छ) कार्यालय प्रमुख, शिक्षक किताबखाना सदस्य–सचिव
(२) परामर्श समितिको सचिवलायको काम शिक्षक किताबखानाले गर्नेछ ।
(३) परामर्श समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(४) परामर्श समितिका सदस्यले सो समितिको बैठकमा भाग लिए बापत अर्थ मन्त्रालयबाट स्वीकृत भए बमोजिमको बैठक भत्ता पाउन सक्नेछन् ।